काठमाडौं : नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ। सीडीएस का अनुसार, आज (माघ २१ गते) बिहान १०:०९ बजेसम्म ४९ हजार ५५० आवेदकले १५ लाख ८२ हजार ९० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले जारी गरेको आईपीओको मागभन्दा […]
काठमाडौं : नेपाल माइक्रो इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा १५ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ। सीडीएस का अनुसार, आज (माघ २१ गते) बिहान १०:०९ बजेसम्म ४९ हजार ५५० आवेदकले १५ लाख ८२ हजार ९० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले जारी गरेको आईपीओको मागभन्दा ७.०३ गुणा बढी आवेदन हो।
नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता आईपीओ खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले माघ २२ गते (मंगलबार) सम्म आवेदन दिन सक्नेछन्। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
केयर रेटिङ नेपालले यस इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।
यस आईपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.