नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ बाँडफाँट: नतिजा यसरी जाँच गर्न सकिन्छ

काठमाडौं: नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) गोलाप्रथामार्फत बाँडफाँट भएको छ। यस अन्तर्गत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरूले सेयर प्राप्त गरेका छन्। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका […]

काठमाडौं: नेपाल माइक्रो इन्सुरेन्सको आइपीओ आज शुक्रबार (फागुन २३ गते) गोलाप्रथामार्फत बाँडफाँट भएको छ। यस अन्तर्गत १ लाख ८४ हजार ५०० जना सर्वसाधारण आवेदकहरूले सेयर प्राप्त गरेका छन्।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार यो आइपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये १० हजार ३८६ जनाको आवेदन रद्द भएको छ, भने बाँकी १ लाख ८४ हजार ५०० जना आवेदकले सेयर पाएका छन्।

लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट वा मेरोसेयर एकाउन्टमार्फत आइपीओ नतिजा हेर्न सक्नेछन्। साथै, नेपाल माइक्रो इन्सुरेन्सको आधिकारिक वेबसाइट र सीडीएस एन्ड क्लियरिङको iporesult.cdsc.com.np वेबसाइटमार्फत पनि नतिजा उपलब्ध छ।

कम्पनीले फागुन ११ देखि १५ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर बिक्रीका लागि खुला गरेको थियो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ रहेको छ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्सुरेन्सलाई ‘केयरएनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। यो रेटिङ २०८१ भदौ ६ गते प्रदान गरिएको हो र २०८२ भदौ ६ गतेसम्म मान्य रहनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In