काठमाडौं : नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार, कम्पनीका कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो। जसअन्तर्गत, सर्वसाधारण समूहका लागि २२ लाख ५० हजार कित्ता र संस्थापक समूहका लागि ५२ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरिएको छ। सूचीकृत भएसँगै, नेपाल माइक्रो इन्सुरेन्सको सेयर आगामी चैत २५ गते सोमबारदेखि दोस्रो […]
काठमाडौं : नेपाल माइक्रो इन्सुरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। बिहीबार, कम्पनीका कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो। जसअन्तर्गत, सर्वसाधारण समूहका लागि २२ लाख ५० हजार कित्ता र संस्थापक समूहका लागि ५२ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरिएको छ।
सूचीकृत भएसँगै, नेपाल माइक्रो इन्सुरेन्सको सेयर आगामी चैत २५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ। नेप्सेले कम्पनीका सेयर कारोबारका लागि न्यूनतम १००.८० रुपैयाँदेखि अधिकतम ३०२.४० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ। यसै सीमाभित्र रहेर कम्पनीको पहिलो कारोबार हुनेछ। साथै, नेप्सेले नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबारका लागि ‘एनएमआइसी’ संकेत प्रदान गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.