काठमाडौं: नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार आज (मंगलबार) सुरु भएको छ। स्पेसल प्रि-ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुलेको हो, र यही मूल्यलाई आधार मानेर नियमित कारोबार पनि सुरु भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको थियो। पहिलो कारोबार उक्त रेन्जको […]
काठमाडौं: नेपाल माइक्रो इन्सुरेन्सको सेयर कारोबार आज (मंगलबार) सुरु भएको छ। स्पेसल प्रि-ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुलेको हो, र यही मूल्यलाई आधार मानेर नियमित कारोबार पनि सुरु भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको थियो। पहिलो कारोबार उक्त रेन्जको उच्चतम मूल्यमा खुलेको हो।
यसअघि, कम्पनीले बिहीबार कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको थियो, जसमा २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहका र ५२ लाख ५० हजार कित्ता संस्थापक समूहका रहेका छन्। नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एनएमआइसी (NMIC) सिम्बोल प्रदान गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.