काठमाडौं: नेपाल लाइफ इन्सुरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते बीरगंजमा सम्पन्न भएको छ। सभाले १०% बोनस सेयर र करसहित ११.०५% नगद लाभांश पारित गरेको छ। कम्पनीको कुल लगानी २ खर्ब १५ अर्ब रुपैयाँ, जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ, र सेयरधनी कोष १२ अर्ब रुपैयाँ पुगेको छ। हालसम्म २ खर्ब ८८ अर्ब […]
काठमाडौं: नेपाल लाइफ इन्सुरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते बीरगंजमा सम्पन्न भएको छ। सभाले १०% बोनस सेयर र करसहित ११.०५% नगद लाभांश पारित गरेको छ।
कम्पनीको कुल लगानी २ खर्ब १५ अर्ब रुपैयाँ, जीवन बीमाकोष २ खर्ब ८ अर्ब रुपैयाँ, र सेयरधनी कोष १२ अर्ब रुपैयाँ पुगेको छ। हालसम्म २ खर्ब ८८ अर्ब बीमाशुल्क आर्जन गरिसकेको कम्पनीले ८४ अर्ब दाबी भुक्तानी गरेको छ।
सञ्चालक समिति अध्यक्ष गोविन्द लाल संघईले सेवा सुधार, संस्थागत सुशासन, नवीन प्रविधिको प्रयोग, र ग्राहक हितलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले चुनौतीबीच पनि लाभांश दिन पाउँदा गर्व लागेको बताए। कम्पनीले समयसापेक्ष थप सेवाहरू उपलब्ध गराउने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.