नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, बीमाशुल्क र आम्दानी भने बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत […]

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ७.०९ प्रतिशतले बढेको छ। यद्यपि, खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशतले बढेका कारण नाफामा दबाब परेको देखिन्छ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा घटेर ७ रुपैयाँ ११ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १०८.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ।

९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ति कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ तथा अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In