नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, आम्दानीमा उल्लेखनीय सुधार

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। गत वर्षको पहिलो ६ महिनासम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ, जुन […]

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। गत वर्षको पहिलो ६ महिनासम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ, जुन आम्दानीमा आएको सुधारको परिणाम हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १ करोड ७९ लाख रुपैयाँबाट वृद्धि भएर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा कायम छ। हाल कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ र अन्य इक्विटी २० करोड २५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको देखिन्छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In