काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो। नेप्सेमा माघ २५ गतेदेखि रिक्त रहेको सीईओ पद करिब दुई महिनापछि भरिएको छ। बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेका चापागाईंलाई यो क्षेत्रमा जानकार मानिन्छ। यसअघि नारदकुमार लुइँटेललाई […]
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो।
नेप्सेमा माघ २५ गतेदेखि रिक्त रहेको सीईओ पद करिब दुई महिनापछि भरिएको छ। बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेका चापागाईंलाई यो क्षेत्रमा जानकार मानिन्छ।
यसअघि नारदकुमार लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय भए पनि मुख्यसचिवबाट प्रमाणित नभएकाले मन्त्रिपरिषद्ले निर्णय उल्टाउँदै चापागाईंलाई चयन गरेको हो। सीईओ पदका लागि चापागाईंसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्ट भएका थिए।
Share your thoughts to keep the conversation going.
Be the first to comment.