नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका मध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिएको छ। छनोटमा परेका उम्मेदवारहरू चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याल रहेका छन्। सिफारिस समितिले उनीहरूलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा […]
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका मध्ये ५ जनाको नाम अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिएको छ।
छनोटमा परेका उम्मेदवारहरू चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल, र हेमन्त बस्याल रहेका छन्। सिफारिस समितिले उनीहरूलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ।
यसअघिका सीईओ कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गते समाप्त भएपछि सरकारले नयाँ सीईओ छनोटका लागि आवेदन खुला गरेको थियो। आवेदन दिने १० जनामध्ये सिफारिस समितिले ५ जनालाई अन्तिम चरणका लागि छनोट गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.