नेप्से निरन्तर तेस्रो कारोबार दिन बढ्यो, तर कारोबार रकम भने घटेको छ।

मंगलबार नेप्से परिसूचक सामान्य रूपमा बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनहरूमा बढिरहेको नेप्सेले यस दिन पनि सोही वृद्धि कायम राखेको हो। मंगलबार नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १ अंक र फ्लोट इण्डेक्स ०.२२ अंकले वृद्धि गरेको छ भने सेन्सेटिभ इण्डेक्समा ०.२१ अंकको वृद्धि भएको छ। […]

मंगलबार नेप्से परिसूचक सामान्य रूपमा बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनहरूमा बढिरहेको नेप्सेले यस दिन पनि सोही वृद्धि कायम राखेको हो। मंगलबार नेप्से परिसूचक ५.०८ अंक बढेर २६१३.०८ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १ अंक र फ्लोट इण्डेक्स ०.२२ अंकले वृद्धि गरेको छ भने सेन्सेटिभ इण्डेक्समा ०.२१ अंकको वृद्धि भएको छ।

यद्यपि, नेप्से बढे पनि यस दिन कारोबार रकम घटेको छ। सोमबार साढे ५ अर्बको कारोबार भएको बजारमा मंगलबार ३११ स्टकको ६९ हजार ८४० पटकको कारोबारमा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ८ उपसमूहमध्ये परिसूचक बढेको छ भने ५ उपसमूहमध्ये परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचकमा २.७९ प्रतिशतको सबैभन्दा ठूलो वृद्धि भएको छ। त्यस्तै, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी २.१० प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक १.०३ प्रतिशत घटेको छ।

मन्दाकिनी हाइड्रोपावरको शेयर मंगलबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसको मूल्य ९१ रुपैयाँ ५० पैसा बढेर १ हजार ६ रुपैयाँ ५० पैसामा पुगेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने न्यादि हाइड्रोपावरको शेयर मूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ। रिभर फल्स पावरको शेयर मूल्य भने ८.९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा, सिईडिबी होल्डिङ्ग्स यस दिनको शीर्ष कम्पनी रहेको छ, जसको २३ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In