Nepse ले सानो वृद्धि गर्दै 2538.63 बाट खुलेर 2,545.73 मा बन्द भयो, जसले 1.13 अंक वा 0.04% को हल्का बढोत्तरी देखायो। आज बजारमा कुल करिब रु 3.5 अर्ब बराबरको कारोबार भएको थियो र 7,605,584 कित्ता शेयरहरू किनबेच भए। आजको कारोबारमा केही विशेष आकर्षण देखियो। नयाँ लिस्टेड कम्पनीहरूलाई बाहेक, SGHC र RURU का शेयरहरू आज पुरै […]
Nepse ले सानो वृद्धि गर्दै 2538.63 बाट खुलेर 2,545.73 मा बन्द भयो, जसले 1.13 अंक वा 0.04% को हल्का बढोत्तरी देखायो। आज बजारमा कुल करिब रु 3.5 अर्ब बराबरको कारोबार भएको थियो र 7,605,584 कित्ता शेयरहरू किनबेच भए।
आजको कारोबारमा केही विशेष आकर्षण देखियो। नयाँ लिस्टेड कम्पनीहरूलाई बाहेक, SGHC र RURU का शेयरहरू आज पुरै सर्किट स्तरमा बन्द भयो। जसले लगानीकर्ताबीच ती कम्पनीप्रति उच्च चासो रहेको संकेत दिएको छ। बाँकी बजारमा सामान्य स्थिरता रहँदा, केही चयनित सेयरहरूमा सक्रिय खरिद-बिक्री जारी रह्यो।
Index हरियो क्यान्डलमा बन्द हुँदै 2540 अंक माथि स्थिर रह्यो। Market ले पछिल्ला केही सत्रझैं उस्तै प्रवृत्ति प्रदर्शन गर्दै ( 2530 – 2550 ) को समर्थन स्तर परीक्षण गरेपछि पुनः माथिल्लो स्तरतर्फ फर्किएको देखियो।
यस्तो दोहोरिने चाल (Repeated Behavior) ले बजार हाल Consolidation को चरणमा रहेको पनि संकेत गर्ने गर्दा छ, जहाँ खरिदकर्ताहरू मुख्य समर्थन क्षेत्रमा सक्रिय देखिन्छन्।
तर, कारोबार Volume अझै कमजोर रहेकाले हालको वृद्धि दिगो बन्न अझै संख्यात्मक लगानीकर्ताहरूको Participants आवश्यक देखिन्छ।
Note: लगानीकर्ताहरूले हालको बजार अवस्था नियाल्दै निर्णय लिनु उचित हुनेछ।
(Wait and Watch )
Share your thoughts to keep the conversation going.
Be the first to comment.