निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद १ दिन थप

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ऋणपत्रमा आवेदन दिने समयावधि एक दिन थपिएको छ। अब इच्छुक लगानीकर्ताले यस ऋणपत्रमा जेठ २२ गते, बिहीबारसम्म आवेदन दिन सक्नेछन्। यसअघि बैंकले जेठ २१ गतेसम्म आवेदन खुला रहने जानकारी गराएको थियो। तर, जेठ १८ गते भोटो जात्राका कारण उपत्यकामा सार्वजनिक बिदा परेकाले बिक्री अवधि एक दिन […]

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ऋणपत्रमा आवेदन दिने समयावधि एक दिन थपिएको छ। अब इच्छुक लगानीकर्ताले यस ऋणपत्रमा जेठ २२ गते, बिहीबारसम्म आवेदन दिन सक्नेछन्। यसअघि बैंकले जेठ २१ गतेसम्म आवेदन खुला रहने जानकारी गराएको थियो। तर, जेठ १८ गते भोटो जात्राका कारण उपत्यकामा सार्वजनिक बिदा परेकाले बिक्री अवधि एक दिन लम्ब्याइएको हो।

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र जारी गरेकोमा, ३० लाख इकाई संस्थागत लगानीकर्तालाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।

सर्वसाधारणका लागि बाँकी २० लाख इकाई उपलब्ध हुनेछ, जसमा १ लाख इकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। यो ऋणपत्र ७ वर्षे अवधिको हुनेछ र यसमा वार्षिक ६ प्रतिशत ब्याज प्रदान गरिनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट गर्न सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In