निफ्राको ऋणपत्रमा आवेदन दिने समय फेरि थपियो

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र बिक्री अपेक्षा अनुसार नभएपछि आवेदन दिने समय लम्बिएको छ। पहिलो चरणको तोकिएको समयमा बिक्री नहुँदा आवेदन दिने अवधि जेठ २५ गतेसम्म बढाइएको हो। कम्पनीले पहिले सूचना जारी गरी आजसम्म आवेदन दिन सकिने जानकारी दिएको थियो, तर पछि अर्को सूचना मार्फत समय थप गरिएको जनाएको छ। पहिले […]

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र बिक्री अपेक्षा अनुसार नभएपछि आवेदन दिने समय लम्बिएको छ। पहिलो चरणको तोकिएको समयमा बिक्री नहुँदा आवेदन दिने अवधि जेठ २५ गतेसम्म बढाइएको हो। कम्पनीले पहिले सूचना जारी गरी आजसम्म आवेदन दिन सकिने जानकारी दिएको थियो, तर पछि अर्को सूचना मार्फत समय थप गरिएको जनाएको छ।

पहिले उपत्यकामा भएको भोटो जात्राका कारण कम्पनीले एक दिन समय थप गरेको थियो। तर सो समयमा पनि आवेदन नपरेपछि पुनः समय थप गरिएको अर्को सूचना प्राप्त भएको छ।

निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ। यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ।

बाकी २० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि खुला गरिएको छ, जसमा १ लाख इकाई सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। निफ्राले ७ वर्ष अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र जारी गरेको छ, जसमा वार्षिक ६ प्रतिशत ब्याज दिने व्यवस्था छ।

यस ऋणपत्रको निष्कासन र बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबी एस क्यापिटल लिमिटेडलाई दिइएको छ। न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। आवेदन प्रक्रिया सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइनबाट गरिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In