काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिन आज जेठ २५ गते अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र निष्कासन गरिरहेको छ। प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरिएको […]
काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्रमा आवेदन दिन आज जेठ २५ गते अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।
निफ्राले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ नामक ऋणपत्र निष्कासन गरिरहेको छ। प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरिएको हो, जसमा ३० लाख इकाई अन्य संघसंस्थालाई बैंककै पहलमा बिक्री गरिनेछ।
बाँकी २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ, जसमा १ लाख इकाई सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ। सात वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज दिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर पोर्टलमार्फत अनलाइनमार्फत दिन सकिन्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.