निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८१/८२ को जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरमा कुल ५० लाख इकाइ ऋणपत्र जारी गरेको हो। जारी गरिएका ऋणपत्रमध्ये ३० लाख इकाइ विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०८१/८२ को जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ दरमा कुल ५० लाख इकाइ ऋणपत्र जारी गरेको हो।

जारी गरिएका ऋणपत्रमध्ये ३० लाख इकाइ विभिन्न संघसंस्थालाई बिक्री गरिनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको इकाइमध्ये १ लाख इकाइ सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिनेछ, बाँकी १९ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयहरू वा सीडीएससीको ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In