काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन भइरहेका तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) वैशाख महिनामा घटेको छ। यस्तै, अघिल्लो महिनाको तुलनामा तिनीहरूको नाफा पनि घटेको देखिएको छ। नबिल ब्यालेन्स्ड फन्ड–२ को NAV वैशाख मसान्तसम्म ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसामा झरेको छ, जुन चैतमा ११ रुपैयाँ ५१ पैसा थियो। वैशाख मसान्तसम्म […]
काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन भइरहेका तीनवटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (NAV) वैशाख महिनामा घटेको छ। यस्तै, अघिल्लो महिनाको तुलनामा तिनीहरूको नाफा पनि घटेको देखिएको छ।
नबिल ब्यालेन्स्ड फन्ड–२ को NAV वैशाख मसान्तसम्म ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसामा झरेको छ, जुन चैतमा ११ रुपैयाँ ५१ पैसा थियो।
वैशाख मसान्तसम्म फन्डले ९० करोड ६१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ, जुन चैतमा ९४ करोड ४० लाख रुपैयाँ थियो। तर बैंक मौज्दात भने बढेर १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो महिनामा १३ करोड ३० लाख रुपैयाँ थियो।
नाफाको हिसाबले हेर्दा, वैशाख मसान्तसम्म फन्ड १५ करोड ८२ लाख रुपैयाँ नाफामा रहेको छ, जुन चैत मसान्तमा १६ करोड ५० लाख रुपैयाँ थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.