काठमाडौं : नबिल बैंकले आफ्नो कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी सुम्पेको हो। सञ्चालक समितिले ढुंगानाको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। ज्ञवाली २०७७ साउनमा […]
काठमाडौं : नबिल बैंकले आफ्नो कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी सुम्पेको हो।
सञ्चालक समितिले ढुंगानाको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
ज्ञवाली २०७७ साउनमा नबिल बैंकमा प्रवेश गरी वरिष्ठ प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकमा प्रवेश गर्दा उनले महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए। चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग करिब साढे दुई दशकको बैंकिङ अनुभव छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.