काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घट्दै १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण […]
काठमाडौं : नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घट्दै १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। तर, इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण नाफामा सुधार देखिएको हो।
बैंकको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यद्यपि, खराब कर्जामा भने सामान्य वृद्धि देखिएको छ। नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३१ अर्ब ३१ करोड रुपैयाँ संचित भएको छ। खुद नाफामा वृद्धिसँगै बैंकको प्रति शेयर आम्दानी १.८१ रुपैयाँ घट्दै २५.०५ रुपैयाँमा झरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.