नबिल बैंकको नाफा वृद्धि, ईपिएस २६ रुपैयाँ ३४ पैसामा

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जसमा अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज […]

नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जसमा अघिल्लो वर्षको तुलनामा १५.०१ प्रतिशत वृद्धि भएको हो। अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफा २५.४४ प्रतिशतले बढेको हो।

असार मसान्तसम्म बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ३६ अर्ब ६८ करोड रुपैयाँ, निक्षेप संकलन ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ र कर्जा लगानी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रुपैयाँ र वितरणयोग्य ईपिएस १७ रुपैयाँ ६४ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) २०.५५ गुणा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In