काठमाडौं: नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यसमा आवेदन दिन केवल विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (माघ २३) देखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर-१, टाँडी, चितवनमा आफूले कति सेयर खरिद गर्ने विवरणसहित आवेदन फारम बुझाउनुपर्नेछ। तोकिएको […]
काठमाडौं: नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यसमा आवेदन दिन केवल विद्यमान संस्थापक सेयरधनीहरू मात्र योग्य हुनेछन।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (माघ २३) देखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर-१, टाँडी, चितवनमा आफूले कति सेयर खरिद गर्ने विवरणसहित आवेदन फारम बुझाउनुपर्नेछ।
तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा ती सेयर सर्वसाधारण लगानीकर्ताले पनि किन्ने अवसर पाउनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.