नारायणी डेभलपमेन्ट बैंकलाई १:१ हकप्रद शेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। साउन १५ गते प्राप्त स्वीकृति अनुसार, बैंकले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्न पाउनेछ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको […]

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) लाई १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। साउन १५ गते प्राप्त स्वीकृति अनुसार, बैंकले हाल कायम १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्न पाउनेछ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ हुनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहनेछ। हकप्रद निष्काशनको थप विवरण सार्वजनिक सूचना मार्फत जानकारी दिइनेछ।

Share Training in Laliptur 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In