नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियम दरमा एफपीओ (FPO) निष्काशन गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले साधारण शेयर अंकित मूल्यमै निष्काशन गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पेश गरे पनि हाल उक्त प्रस्ताव परिमार्जन गर्दै दोस्रोपटक आवेदन दर्ता गरेको हो।
संशोधित प्रस्तावअनुसार कम्पनीले प्रतिकित्ता २७० रुपैयाँ ४९ पैसा दरमा एफपीओ निष्काशन गर्ने योजना अघि सारेको छ। यस अन्तर्गत ६ लाख ६९ हजार ९ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिनेछ।
एफपीओ निष्काशन प्रक्रियालाई अगाडि बढाउन आवश्यक सबै तयारी पूरा भइसकेको कम्पनीले जनाएको छ। सेबोनबाट स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा शेयर निष्काशन प्रक्रिया सुरु हुनेछ। एफपीओ व्यवस्थापनको जिम्मेवारी आरविवि मर्चेन्ट बैंक लिमिटेड लाई दिइएको छ।
कम्पनीको एफपीओ निष्काशनबाट संकलित रकमले पूँजी सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले संस्थाको दिगो विकास, सेवा विस्तार र वित्तीय पहुँच विस्तारमा समेत टेवा पुर्याउने कम्पनीको भनाइ छ।












Be the first to comment.