काठमाडौं: पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ। हबिब बैंकले जम्मा २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको हो। यी सेयर खरिदका लागि हिमालयन बैंकका हालका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। बिक्रीपश्चात हबिब बैंक नेपालको हिमालयन बैंकमा रहेको सम्पूर्ण स्वामित्वबाट बाहिरिनेछ। […]
काठमाडौं: पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्ने भएको छ। हबिब बैंकले जम्मा २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको हो। यी सेयर खरिदका लागि हिमालयन बैंकका हालका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। बिक्रीपश्चात हबिब बैंक नेपालको हिमालयन बैंकमा रहेको सम्पूर्ण स्वामित्वबाट बाहिरिनेछ।
सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीले जेठ ३० गतेदेखि ३५ दिनभित्र कमलादीस्थित हेरिटेज प्लाजामा कति सेयर किन्न चाहन्छन् भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ।
यदि तोकिएको अवधिमा कुनै संस्थापकले आवेदन नदिएमा, ती सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ। प्रचलित नियमअनुसार, संस्थापक सेयर पहिला सोही संस्थाका संस्थापकलाई प्रस्ताव गर्नुपर्ने हुन्छ, र संस्थापकले चासो नदेखाएमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न पाइन्छ। यही आधारमा सेयर बिक्रीको पहिलो चरणमा हिमालयन बैंककै संस्थापकलाई प्राथमिकता दिइएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.