पोखरा र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही, ३ विकास बैंकमाथि पनि राष्ट्र बैंकको कारबाही

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ वटा फाइनान्स कम्पनी र ३ वटा विकास बैंकलाई विभिन्न कारणले कारबाही गरेको छ। राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात नपुगेको भन्दै पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाहीको दायरामा ल्याएको हो। यसै क्रममा, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई जिम्मेवारी ठीकसँग निर्वाह नगरेको […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ वटा फाइनान्स कम्पनी र ३ वटा विकास बैंकलाई विभिन्न कारणले कारबाही गरेको छ। राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात नपुगेको भन्दै पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाहीको दायरामा ल्याएको हो।

यसै क्रममा, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई जिम्मेवारी ठीकसँग निर्वाह नगरेको ठहर गर्दै ५ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै संस्थाले थप ४६ हजार ७१८.२३ रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन्। मुक्तिनाथ बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजकको हैसियतले संलग्न भएको पाइएपछि राष्ट्र बैंकले उनलाई सचेत गराएको छ।

नारायणी डेभलपमेन्ट बैंकले न्यूनतम चुक्ता पुँजी र पुँजीकोष अनुपात कायम नगरेको, तोकिएको सीमा भन्दा बढी निक्षेप संकलन गरेको र एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले बैंकलाई २०८२ असार मसान्तसम्म यी मापदण्डहरु अनिवार्य रूपमा पूरा गर्न लिखित आदेश दिएको छ।

सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्ता पुँजी हालसम्म कायम नगरेको र यससम्बन्धी निर्देशनहरूको पालना नगरेको भन्दै राष्ट्र बैंकले बैंकको सञ्चालक समितिलाई चेतावनी दिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In