पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीच मर्जरमा जाने औपचारिक सहमति भएको छ। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित कार्यक्रममा दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको हो। सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। मर्जर प्रक्रिया १:१ शेयर स्वामित्व अनुपातमा हुने सहमति भएको […]
पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीच मर्जरमा जाने औपचारिक सहमति भएको छ। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित कार्यक्रममा दुई संस्थाबीच मर्जरसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको हो।
सम्झौतामा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। मर्जर प्रक्रिया १:१ शेयर स्वामित्व अनुपातमा हुने सहमति भएको जानकारी प्राप्त भएको छ।
मर्जरपश्चात एकीकृत संस्था ‘पोखरा फाइनान्स लिमिटेड’ नाममै सञ्चालनमा आउनेछ। दुवै संस्थाले आवश्यक नियामकीय प्रक्रिया पूरा गरी आगामी मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेका छन्।
मर्जर प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै आजदेखि दुवै फाइनान्स कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रोक्का गरिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.