पाँचथर पावर कम्पनीले २ करोड घाटा व्यहोऱ्या

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म पाँचथर पावर कम्पनीले २ करोड ५६ लाख ४१ हजार रुपैयाँको घाटा बेहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५४ लाख १५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। कम्पनीका अनुसार, २०८१ असोज ११ र १२ गते आएको बाढीका कारण आयोजना प्रभावित भई विद्युत् उत्पादन ठप्प भएको थियो। […]

काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म पाँचथर पावर कम्पनीले २ करोड ५६ लाख ४१ हजार रुपैयाँको घाटा बेहोरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५४ लाख १५ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।

कम्पनीका अनुसार, २०८१ असोज ११ र १२ गते आएको बाढीका कारण आयोजना प्रभावित भई विद्युत् उत्पादन ठप्प भएको थियो। यसअघि, २०८० असारमा आएको बाढीले आयोजनामा क्षति पुर्‍याएपछि पुनर्निर्माण कार्य हुँदै थियो, तर २०८१ असोज १५ बाट पुनः विद्युत् उत्पादन गर्ने योजनामा रहेका बेला असोज ११ र १२ गतेको भारी वर्षाले हेवा खोलामा बाढी ल्याई आयोजनामा थप क्षति पुर्‍याएको कम्पनीले जनाएको छ।

बाढीका कारण आयोजनाको पावर हाउस, स्विचयार्ड, पहुँचमार्ग लगायतका संरचनाहरू डुबानमा परेका थिए। हाल पुनर्निर्माण कार्य अन्तिम चरणमा रहेको र चैत्र मसान्तभित्र विद्युत् उत्पादन पुनः सुरु गर्ने लक्ष्यसहित काम अघि बढिरहेको कम्पनीले जनाएको छ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ऋणात्मक भएर ८ रुपैयाँ ०७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ १५ पैसा रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In