पछिल्लो ८ महिनामा थपियो करिब साढे २ खर्ब सरकारी ऋण

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सरकारको बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्षको दोस्रो चौमासिकसम्म मात्र करिब साढे दुई खर्ब ऋण थपिएको छ। आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा फागुन मसान्तसम्म २६ खर्ब ७६ […]

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सरकारको बाँकी ऋण २६ खर्ब ७६ अर्ब तीन करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु वर्षको दोस्रो चौमासिकसम्म मात्र करिब साढे दुई खर्ब ऋण थपिएको छ।

आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा फागुन मसान्तसम्म २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६.९१ प्रतिशत बराबर हुन्छ। विदेशी मुद्रा विनिमय दरको उतार-चढावका कारण मात्र ६६ अर्ब २९ करोड ऋण भार बढेको छ।

हालसम्म सार्वजनिक ऋणमा वैदेशिक ऋण ५०.८३ प्रतिशत (१३ खर्ब ६० अर्ब ४६ करोड) र आन्तरिक ऋण ४९.१६ प्रतिशत (१३ खर्ब १५ अर्ब ५७ करोड) रहेको छ। जीडीपीको हिसाबले आन्तरिक ऋणको अनुपात २३.०६ प्रतिशत र वैदेशिक ऋणको अनुपात ২৩.८५ प्रतिशत छ।

सरकारले चालु वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा फागुन मसान्तसम्म तीन खर्ब ३४ अर्ब ६२ करोड (६१.१७%) ऋण संकलन भइसकेको छ। आन्तरिक ऋण लक्ष्य तीन खर्ब ३० अर्ब भए पनि हालसम्म ८१.५६ प्रतिशत (दुई खर्ब ६९ अर्ब १५ करोड ४२ लाख) उठाइएको छ। बाह्य ऋण भने अपेक्षाभन्दा कम (३०.१७% मात्र) प्राप्त भएको छ।

सार्वजनिक ऋणको साँवाब्याज तिर्न चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याइएकोमा फागुन मसान्तसम्म ५०.०८ प्रतिशत (दुई खर्ब एक अर्ब ७२ करोड) भुक्तानी भइसकेको छ। जीडीपी अनुपातमा हेर्दा फागुन मसान्तसम्मको कुल ऋण सेवा खर्च ३.५४ प्रतिशत बराबर छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In