पुनर्बिमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न १ वर्षको अतिरिक्त समय दिने निर्णय

काठमाडौं : पुनर्बिमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न १ वर्षको समय थप गरिएको छ। नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने म्याद थप गरेको हो। प्राधिकरणको सञ्चालक समितिको बैठक, जुन गत पुस अन्तिम साता भएको थियो, ले पुँजी वृद्धि गर्ने समय सीमा बढाउने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ। २०८० माघ १७ गतेको सञ्चालक […]

काठमाडौं : पुनर्बिमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धि गर्न १ वर्षको समय थप गरिएको छ। नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने म्याद थप गरेको हो। प्राधिकरणको सञ्चालक समितिको बैठक, जुन गत पुस अन्तिम साता भएको थियो, ले पुँजी वृद्धि गर्ने समय सीमा बढाउने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ।

२०८० माघ १७ गतेको सञ्चालक समितिको बैठकमा पुनर्बिमा कम्पनीहरूले २० अर्ब चुक्ता पुँजी पुर्याउन १ वर्षको समयसीमा दिइएको थियो। यस निर्णयसँगै, अब पुनर्बिमा कम्पनीहरूले २०८२ को माघ १७ गतेसम्म २० अर्ब चुक्ता पुँजी पुर्याउनु पर्नेछ।

हाल नेपाल पुनर्बिमा कम्पनी र हिमालयन रि इन्सुरेन्स दुई कम्पनीहरू पुनर्बिमा कम्पनीको रूपमा नेप्सेमा सूचीकृत छन्। नेपाल पुनर्बिमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ छ भने हिमालयन रिको चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In