काठमाडौं – पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असार २ गते बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले गरेको निर्णय अनुसार, असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः०.५ को अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन […]
काठमाडौं – पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न असार २ गते बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले गरेको निर्णय अनुसार, असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी कम्पनीले १ः०.५ को अनुपातमा कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरिनेछ।
यस हकप्रद सेयर बिक्रीको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकको जिम्मेवारी दिइएको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.