पिपुल्स पावर लिमिटेड (PPL) ले आज (असार २२ गते)देखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ। यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३१ लाख ६३ हजार कित्ता शेयर, कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर […]
पिपुल्स पावर लिमिटेड (PPL) ले आज (असार २२ गते)देखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ।
यसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३१ लाख ६३ हजार कित्ता शेयर, कुल ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गरेको हो।
असार २ गते बुकक्लोज गरिएको हुँदा असार १ गतेसम्म कायम शेयरधनीहरुले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। प्रभु बैंकका विभिन्न शाखा कार्यालय तथा सबै सि-आस्बा सेवा सहभागी संस्थाबाट र ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ छ, जुन हकप्रद निष्काशनपछि ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
संकलित रकम पुवा–२ जलविद्युत आयोजना निर्माणको ऋण भुक्तानी र अन्य आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.