पिपुल्स हाइड्रोपावरले ५३ करोडभन्दा बढीको विद्युत बिक्री गरे पनि ५.५ करोड घाटामा

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) ५ करोड ६१ लाख ८ हजार रुपैयाँको खुद नोक्सानी व्यहोरेको छ। गत वर्ष सोही अवधिमा कम्पनी ७२ लाख ४१ हजार रुपैयाँ घाटामा थियो, जसका कारण यस वर्ष नोक्सानी झनै बढेको हो। विद्युत बिक्रीबाट आम्दानी १५ करोड ३७ लाख रुपैयाँबाट बढेर ५३ करोड […]

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) ५ करोड ६१ लाख ८ हजार रुपैयाँको खुद नोक्सानी व्यहोरेको छ। गत वर्ष सोही अवधिमा कम्पनी ७२ लाख ४१ हजार रुपैयाँ घाटामा थियो, जसका कारण यस वर्ष नोक्सानी झनै बढेको हो।

विद्युत बिक्रीबाट आम्दानी १५ करोड ३७ लाख रुपैयाँबाट बढेर ५३ करोड ३७ लाख रुपैयाँ पुगेको छ। तर, वित्तीय खर्च पनि ३ करोड ११ लाख रुपैयाँबाट बढेर ३० करोड ६० लाख रुपैयाँ पुगेको छ, जसले गर्दा कम्पनीको घाटा थपिएको हो। कम्पनीको बिक्री लागत (कस्ट अफ सेल्स) २२ करोड ३५ लाख रुपैयाँ रहेको छ।

३ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्स १५ करोड ७४ लाख रुपैयाँ ऋणात्मक छ। प्रति सेयर आम्दानी (EPS) ऋणात्मक ३.५१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५.२५ रुपैयाँ कायम छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In