काठमाडौं: पियोर इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज मंगलबार (चैत ५ गते) हो। कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परिसकेका कारण कम्पनीले आज बैंकिङ समयपछि बिक्री बन्द गरिने जानकारी दिएको छ। कम्पनीले आयोजनास्थल बाँके […]
काठमाडौं: पियोर इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज मंगलबार (चैत ५ गते) हो। कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परिसकेका कारण कम्पनीले आज बैंकिङ समयपछि बिक्री बन्द गरिने जानकारी दिएको छ।
कम्पनीले आयोजनास्थल बाँके जिल्लाका स्थानीयलाई जारी पूँजीको २ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो, जसको मूल्य १ करोड ६० लाख रुपैयाँ बराबर पर्छ। त्यस्तै, सर्वसाधारणलाई निष्कासन गरिने १४ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
स्थानीयहरूले बाँकेको खजुरास्थित सौर्य विद्युत् उत्पादन केन्द्र, नबिल बैंकको कोहलपुर तथा नेपालगन्ज शाखा, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगन्ज र वीपी चोक तथा कुमारी बैंकका चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजार शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले पियोर इनर्जीलाई ‘CARE NP Double B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। गोल्यान समूहको लगानी रहेको यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको कुल लागत २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.