काठमाडौं: पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरका ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्नेछ। सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा, आवेदन दिने […]
काठमाडौं: पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरका ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्नेछ।
सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा, आवेदन दिने समय वैशाख ११ गतेसम्म बढाइनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सी–आस्वा सेवा उपलब्ध बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ।
क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। पियोर इनर्जी लिमिटेडमा गोल्यान समूहको लगानी रहेको छ।
यस आइपीओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। कम्पनीको २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको लागत २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको छ।
यसअघि, कम्पनीले स्थानीयलाई जारी पूँजीको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरका १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.