काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओ चैत २८ गतेदेखि सर्वसाधारणका लागि खुला हुने पियोर इनर्जी लिमिटेडले यही चैत २८ गतेदेखि सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक सेयर (IPO) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर बिक्री गर्दैछ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार […]
काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओ चैत २८ गतेदेखि सर्वसाधारणका लागि खुला हुने
पियोर इनर्जी लिमिटेडले यही चैत २८ गतेदेखि सर्वसाधारणलाई लक्षित गर्दै प्राथमिक सेयर (IPO) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख ९५ हजार २ सय कित्ता सेयर बिक्री गर्दैछ, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर हुनेछ।
सर्वसाधारणले यस आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिसम्म सबै सेयर नबिकेमा आवेदन दिने म्याद वैशाख ११ गतेसम्म लम्ब्याइनेछ। आवेदनकर्ताले कम्तीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्न सक्नेछन्।
आइपीओमा आवेदन दिन सी–आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू वा ‘मेरो सेयर’ प्रणालीमार्फत सहभागिता जनाउन सकिनेछ। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले पियोर इनर्जीलाई “CARE NP BB Issuer Rating” प्रदान गरेको छ, जसले कम्पनीमा औसत जोखिम रहेको संकेत गर्दछ।
यो कम्पनीमा गोल्यान समूहको लगानी रहेको छ भने आइपीओको बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ।
पियोर इनर्जीको कुल परियोजना लागत २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको छ र यसले २० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्नेछ।
यसअघि कम्पनीले जारी पूँजीको २ प्रतिशत, अर्थात् १ लाख ६० हजार कित्ता सेयर स्थानीय बासिन्दालाई बिक्री गरिसकेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको १ लाख ४४ हजार कित्ता सेयर पनि कम्पनीले पहिले नै बिक्री गरिसकेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.