पियोर इनर्जीको आइपीओ बाँडफाँट

काठमाडौं : पियोर इनर्जी लिमिटेडको आईपीओ बिहीबार बाँडफाँट गरिएको छ। गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले जनही १० कित्ता सेयर प्राप्त गरेका छन्। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा आएको उक्त आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए, जसमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो। पियोर इनर्जीले […]

काठमाडौं : पियोर इनर्जी लिमिटेडको आईपीओ बिहीबार बाँडफाँट गरिएको छ। गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले जनही १० कित्ता सेयर प्राप्त गरेका छन्।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा आएको उक्त आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए, जसमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो।

पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो, जसको कुल मूल्य ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबर थियो।

आईपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको https://iporesult.cdsc.com.np/ वेबसाइटबाट हेर्न सकिनेछ। साथै, मेरोसेयर एपमार्फत पनि नतिजा जाँच गर्न सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In