पियोर इनर्जीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं: पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा कुल ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरका ११ लाख ९५ हजार २०० कित्ता सेयर जारी गर्नेछ। यसअघि, कम्पनीले स्थानीयका लागि आफ्नो ८० करोड रुपैयाँ जारी पूँजीको २ प्रतिशत अर्थात १ […]

काठमाडौं: पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरमा कुल ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरका ११ लाख ९५ हजार २०० कित्ता सेयर जारी गर्नेछ।

यसअघि, कम्पनीले स्थानीयका लागि आफ्नो ८० करोड रुपैयाँ जारी पूँजीको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँ बराबरका १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४४ हजार कित्ता सेयर समेत बिक्री भइसकेको छ।

सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरू वा मेरो सेयर पोर्टलमार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपाल ले पियोर इनर्जी लिमिटेडलाई “CARE NP Double B Issuer Rating” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। कम्पनीमा गोल्यान समूहको लगानी रहेको छ भने आइपीओ बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङले सम्हाल्नेछ। २० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि कुल लागत २ अर्ब २ करोड ६० लाख रुपैयाँ रहेको केयर रेटिङ नेपाल ले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In