पियोर इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ५.४२ गुणा बढी आवेदन, कति निवेशकले आवेदन दिए?

काठमाडौं : पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खुला गरेको आईपीओमा ७ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस का अनुसार आज (फागुन २२ गते) बिहान १०:०७ बजेसम्म ३५ हजार ७०४ आवेदकले ७ लाख ८१ हजार ८६० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ५.४२ गुणा बढी हो। […]

काठमाडौं : पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खुला गरेको आईपीओमा ७ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस का अनुसार आज (फागुन २२ गते) बिहान १०:०७ बजेसम्म ३५ हजार ७०४ आवेदकले ७ लाख ८१ हजार ८६० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ५.४२ गुणा बढी हो।

कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गरेको हो। यस अन्तर्गत १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपाली नागरिकलाई जारी गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७,२०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत ५ गते सम्म रहेको छ। इच्छुक आवेदकहरूले सी-आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In