पियोर इनर्जी लिमिटेडको आईपीओमा हालसम्म कति आवेदन परेको छ?

काठमाडौं: पियोर इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको आईपीओमा हालसम्म १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार, आज (फागुन ২৬ गते) बिहान १०:०७ बजेसम्म ४७,४९२ जना आवेदकले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ७.३६ गुणा बढी हो। कम्पनीले फागुन २० […]

काठमाडौं: पियोर इनर्जी लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको आईपीओमा हालसम्म १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।

सीडीएसका अनुसार, आज (फागुन ২৬ गते) बिहान १०:०७ बजेसम्म ४७,४९२ जना आवेदकले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ७.३६ गुणा बढी हो।

कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि १ लाख ४४ हजार कित्ता आईपीओ जारी गरेको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ७,२०० कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन दिने अन्तिम मिति चैत ५ गतेसम्म रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा सेवा प्राप्त बैंक, वित्तीय संस्था, वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In