काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिमा कमाएको २ अर्ब १८ करोड रुपैयाँभन्दा १४.३४ प्रतिशतले कम हो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने वृद्धि भएको छ। खुद ब्याज आम्दानी १४.०६ […]
काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। यस अवधिमा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिमा कमाएको २ अर्ब १८ करोड रुपैयाँभन्दा १४.३४ प्रतिशतले कम हो।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने वृद्धि भएको छ। खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड पुगेको छ, भने सञ्चालन नाफा २.२० प्रतिशतले वृद्धि भई ३ अर्ब १८ करोड कायम भएको छ। तर, इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि हुँदा कुल नाफामा गिरावट आएको हो।
बैंकको खराब कर्जा अनुपात पनि ०.८९ प्रतिशतले बढेर ४.९६ प्रतिशत पुगेको छ। नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३ रुपैयाँ २२ पैसाले घटेर १९ रुपैयाँ २८ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ भने १६२.६४ रुपैयाँ छ।
पुस मसान्तसम्म बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.