प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज (माघ २० गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले पनि सहभागी हुन सक्नेछन्। न्यूनतम १०७ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य […]

काठमाडौं : प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी आवेदन दिने आज (माघ २० गते) अन्तिम मौका हो। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ।

यस लिलामीमा बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरूले पनि सहभागी हुन सक्नेछन्। न्यूनतम १०७ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताहरूले यस लिलामीमा न्यूनतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन प्रभु क्यापिटल, कमलादी काठमाडौंमा बुझाउनुपर्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In