प्रणालीमा अधिक तरलता : राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। आज (चैत १७) २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। बजारमा रहेको […]

काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

आज (चैत १७) २१ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले यस उपकरणको प्रयोग गर्दै आएको छ। साँवा र ब्याज भुक्तानी मिति वैशाख ७ निर्धारण गरिएको छ भने ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको माग गर्न सक्नेछन्, भने अधिकतम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In