प्रभु बैंकको नाफामा सामान्य सुधार, खराब कर्जा व्यवस्थापनलाई प्राथमिकता दिने

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले मात्र बढी हो। नाफामा सामान्य सुधार देखिए पनि बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ—खुद ब्याज आम्दानी १६.०४ प्रतिशत र सञ्चालन नाफा ३.८५ प्रतिशतले घटेको हो। नाफामा आएको […]

काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५१ प्रतिशतले मात्र बढी हो। नाफामा सामान्य सुधार देखिए पनि बैंकको ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ—खुद ब्याज आम्दानी १६.०४ प्रतिशत र सञ्चालन नाफा ३.८५ प्रतिशतले घटेको हो।

नाफामा आएको सामान्य वृद्धिको कारण भने गैर-सञ्चालन खर्चमा आएको कमी र भविष्यमा असुल गर्न सकिने आयकर (डिफर्ड ट्याक्स) मा वृद्धि भएको बैंकले जनाएको छ।

बैंकको गैर-सञ्चलनशील कर्जा (NPL) ०.२८ प्रतिशत विन्दुले बढेर ५.०९ प्रतिशतमा पुगेको छ। खराब कर्जा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको बैंकको भनाइ छ।

समीक्षाअवधिमा प्रतिसेयर आम्दानी (EPS) ३७ पैसाले वृद्धि भई १० रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा रहेको छ। चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ छ, जगेडा कोषमा १४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। तर, बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In