काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ३.४९ प्रतिशतले वृद्धि भएर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। खुद बीमा शुल्क आर्जन तथा लगानी र कर्जाबाट हुने आम्दानी बढ्दा नाफा वृद्धि भएको हो। कम्पनीको खुद […]
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको खुद नाफा ३.४९ प्रतिशतले वृद्धि भएर १८ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। खुद बीमा शुल्क आर्जन तथा लगानी र कर्जाबाट हुने आम्दानी बढ्दा नाफा वृद्धि भएको हो।
कम्पनीको खुद बीमा शुल्क आर्जन १३.४६ प्रतिशतले बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यसै अवधिमा यो १ अर्ब ९९ करोड रुपैयाँ थियो।
त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ६.६९ प्रतिशतले बढेर ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको जीवन बीमा कोषको आकार १६.७१ प्रतिशतले वृद्धि भई १२ अर्ब रुपैयाँ नाघेको छ।
पुस मसान्तसम्म प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। साथै, रिटेन्ड अर्निङ ६८ करोड ९८ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७३ पैसा तथा प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ६४ पैसा छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.