काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली बेंक्वेट, भाटभटेनीमा बस्ने भएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। कम्पनीले अघिल्लो सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर वितरणको प्रस्ताव भने रद्द […]
काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे काठमाडौंको आम्रपाली बेंक्वेट, भाटभटेनीमा बस्ने भएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ।
कम्पनीले अघिल्लो सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर वितरणको प्रस्ताव भने रद्द गर्ने निर्णय गरेको छ। नेपाल बिमा प्राधिकरणद्वारा तोकिएको चुक्ता पुँजी बोनस सेयरमार्फतै पूरा हुने भएकाले हकप्रद सेयर आवश्यक नपरेको कम्पनीले जनाएको छ।
बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण पनि छलफल गरी अनुमोदन गरिनेछ।
साधारण सभाका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने तय गरेको छ। त्यसैले, सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न जेठ १४ गते बुधबारसम्म कायम सेयरधनी हुनुपर्नेछ। जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले सो दिन कारोबार नहुने भएकाले बुक क्लोजको अघिल्लो कार्यकारी दिन जेठ १४ गते नै अन्तिम मिति तोकिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.