प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले बोनस सेयर वितरण गर्ने, एजीएम कहिले हुँदैछ ?

काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे आम्रपाली बेंक्वेट, भाटभटेनी, काठमाडौंमा आयोजना हुने भएको छ। सभामा कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। यसअघि सातौं वार्षिक साधारण सभाबाट पारित गरिएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव […]

काठमाडौं: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे आम्रपाली बेंक्वेट, भाटभटेनी, काठमाडौंमा आयोजना हुने भएको छ।

सभामा कम्पनीले सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। यसअघि सातौं वार्षिक साधारण सभाबाट पारित गरिएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बोनस सेयर वितरणपछि बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पुँजी पुग्ने भएकाले हकप्रद सेयर प्रस्ताव आवश्यक नपरेको हो।

सभामा बोनस सेयर वितरणपछि प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ।

कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। त्यस अनुसार, सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In