काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज जेठ २६ गते आम्रपाली बैंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गरिनेछ। कम्पनीले सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय समेत […]
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज जेठ २६ गते आम्रपाली बैंक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ। सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गरिनेछ।
कम्पनीले सातौं वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय समेत सभामा पेस गर्नेछ। नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी बोनस सेयरबाट नै पुग्ने भएकाले हकप्रद प्रस्ताव आवश्यक नरहेको कम्पनीले जनाएको छ।
सभामा बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि राखिनेछ। साथै, अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी विवरणमाथि छलफल गरी पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, सो मितिभन्दा अगाडि नामावलीमा रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.