प्लाई उद्योग आगलागी घटना : करोडौँ रुपैयाँको क्षति, ३० घर जोखिममा

घोराही (दाङ) – घोराही उपमहानगरपालिका–९ खैरास्थित सांगिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा लागेको आगोका कारण नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। ती घरका सामान बाहिर निकाल्ने कार्य भइरहेको छ भने त्यहाँ […]

घोराही (दाङ) – घोराही उपमहानगरपालिका–९ खैरास्थित सांगिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर भीषण आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार, आठ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा लागेको आगोका कारण नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्। ती घरका सामान बाहिर निकाल्ने कार्य भइरहेको छ भने त्यहाँ बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

आगलागीबाट प्लाई उद्योगका काठ, कच्चा पदार्थ, मेसिनलगायत सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। गएराति २ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

हाल घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट आएका दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय बासिन्दाहरू आगो नियन्त्रणमा खटिएका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In