पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ५ प्रतिशत अर्थात […]
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबरको ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता साधारण शेयर पश्चिम नवलपसारी (साविक नवलपरासी) र पाल्पा जिल्लाका उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत बराबरको ५ लाख ६२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। सबै शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पुस ३० गतेदेखि ढिलोमा माघ ९ गतेसम्म आवेदन खुला रहनेछ।
क्रेडिट रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीको उद्योग सञ्चालन २०७६ सालदेखि क्लिंकर र २०७७ सालदेखि सिमेन्ट उत्पादनबाट सुरु भएको हो। हाल कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता १,८०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता २,२०० मेट्रिक टन रहेको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले तोकिएका नबिल, प्रभु र सिद्धार्थ बैंकका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.