पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर […]
पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आज (फागुन १२ गते) देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको थियो। साथै २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष तथा सोही बराबर शेयर कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरिएको छ।
अब कम्पनीले बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीका अनुसार यसको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत रहेको छ। साधारण लगानी फिर्ता अवधि ६ वर्ष ८ महिना तथा डिस्काउण्टमा लगानी फिर्ता अवधि ९ वर्ष १२ महिना रहेको कम्पनीले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.