फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फन्ड सार्वजनिक निष्कासन हुँदै

काठमाडौं: सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस खुलामुखी योजनाका ४ करोड इकाई बिक्री गरिनेछ। प्रतिइकाई १० रुपैयाँको दरमा आवेदन दिन सकिनेछ। कुल योजनाको आकारमध्ये १४ प्रतिशत (१ करोड ३० लाख इकाई) कोष प्रवर्धक सानिमा बैंकका लागि, २० लाख इकाई […]

काठमाडौं: सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस खुलामुखी योजनाका ४ करोड इकाई बिक्री गरिनेछ। प्रतिइकाई १० रुपैयाँको दरमा आवेदन दिन सकिनेछ।

कुल योजनाको आकारमध्ये १४ प्रतिशत (१ करोड ३० लाख इकाई) कोष प्रवर्धक सानिमा बैंकका लागि, २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ, भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ, तर सो अवधिमा सबै इकाई बिक्री नभएमा फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीका अनुसार दोस्रो चरणमा योजना व्यवस्थापकले तोकेको वितरकमार्फत इकाईको निरन्तर खरिदबिक्री हुनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In